you-price-design.jpg

पर्वतको ठानमौलामा सहकारीले थाल्यो खसि वोकाको विक्री वितरण

  • २०७४ कार्तीक ८ गते , बुधवार प्रकाशित

                                           पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानमौलामा क्रियाशिल ठानामौला सामाजिक महिला कृषि सहकारीले ऋण लगानी असुली का साथै पशुपालन तथा कृषि उत्पादित वस्तुको वजारीकरणमा समेत जोड दिएको छ । जस अन्तरर्गत हाल गाँउमा उत्पादन भएका खसिवोकाको विक्री वितरण समेत सहकारी मार्फत हुन थालेको छ । यसरी सहकारी मार्फत खसीवोका विक्री वितरण हुदा वस्तुको तौल अनुसार मुल्य पाउने भएको हुदा वस्तुको उचित मूल्या पाउने गरेको कृषकहरुले वताएका छन्  ।     सहकारीको कार्यालयमा नै तौल मेसिन राखेर खसीवोका विक्री गर्न थाले पछी  कृषकहरुले आफुले उत्पादन गरेका खसीवोका लिएर सहकारीमा आउने र तौल गरेर रकम वुझ्ने गरेको ठानामौला सामाजिक कृषि सहकारीका अध्यक्ष ठगी माया कुवंरले वताउनु भयो तेसै गरि सहकारीमा संकलन भएका खसीवोका लाई सहकारीले वजार पठाएर विक्री गर्ने गरेको समेत उहाले वताउनु भयो । यसरी सहकारीले वजारीकरण गर्न थाले पछी व्यवसायिक कृषकहरु वाख्रापालन तर्फ उत्साहित भएका छन् । गाउमा विक्री वितरण हुदा भनेको समयमा रकम प्राप्त नुहने गरेको अवस्थामा सहकारी मार्फत विक्री वितरण हुदा हातहातै रकम पाउने गरेको स्वावलम्बी समुहमा आवद्ध कृषक विष्णू गुरुङले वताउनु भयो ।  तसै गरी सहकारीले यस वर्ष वाट ताजा तरकारी तथा गोलभेडा खेती उत्पादनमा समेत जोड दिएको छ ।      जिल्लामा क्रियाशिल समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपाल पर्वतले  ज्भषभच क्ष्लतभचलबतष्यलब िल्भउब िको साझेदारीमा पर्वत जिल्लाका फलेवास नगरपालिका ८ ठानमौला र ९ भंगरामा आज भन्दा ३ वर्ष अगाडी  संचालन गरेको साना किसान उद्यम सवालीकरण परियोजना अन्तरगत गठन भएका महिला स्वावलम्बी समुहहरु मिले वनेको सहकारी मार्फत गाउमा उत्पादित वस्तुको वजारीकरण हुन थालेको  र यस अभियानले स्थानिय स्तरमा उत्पादित वसतुक वजारीकरण मा उल्लेख्य सहयोग पुग्ने सहयोगी निकाय सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।       

Leave a Comment