you-price-design.jpg

यसकारण जनता माझ लोकप्रीय छन् एमालेका प्रभावशाली नेता लम्साल ।।

लम्सालको पक्षमा ८० प्रतिशत जनमत

  • २०७४ कार्तीक ५ गते , आईतवार प्रकाशित

 

माधब पराजुली,पर्वत

आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र पारेका छन् । आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय पनि जुटेको छ । राजनीतिक दलले उम्मेदवारको नामावली टुंगो लगाएर केन्द्रमा पठाइसकेका छन् भने मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि गाउँ अभियान सञ्चालन गर्ने तयारी समेत गरेका छन् । नेकपा एमालेले पनि पहिलो चरणमा हुन लागेको सघं र प्रदेशको निर्वाचनमामा आफ्ना उम्मेदवार टुङ्गोलगाई सकेको छ भने दोस्रो चरणको हुन लागेको निर्वाचनको लागी पनि आफ्नो उम्मेदवार टुङ्गाउने कसरत गरेको छ । केन्द्रमा एमालेले उम्मेदवारको छिनोफानो गर्न लाग्दा एमालेको बलियो रहेको ठाँउ पर्वतका नागरिक भने एमाले बाट कसले टिकट ल्याउला भनी चौतारोमा गफिएर बस्न थालेका छन् । उनीहरुले पर्वत बाट सघंको निर्वाचनमा निवर्तमान सांसद एवं एमालेका प्रभावशाली नेता विकास लम्साल सहित अन्य चार जनाको नाम सिफारीस गरिएता पनि लम्सालले नै टिकट पाउनुपर्ने बहस चलाउने गरेका छन् भने केन्द्रीय स्तर राम्रो छबी भएका कारण पनी उनले नै टिकट पाउने निश्चत रहेको उनीहरुले बताउने गरेका छन् । सांसद भएको समयमा लम्सालले निकै सम्झन लाएक विकास निर्माणका कार्यको मेलोथालनी गरेको भन्दै पर्वतका जनताको रोजाईमा लम्सालनै परेका छन् । केन्द्रले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारको टुङ्गो नलगाउदै कसलाई टिकट दिए एमालेले जित्न सजिलो हुन्छ भन्ने भित्री सर्वेमा लम्सालकै पक्षमा जनमत देखिन्छ । उनको पक्षमा ८० प्रतिशत भन्दा बढी जनमत देखिन्छ भन्दा केही फरक पर्दैन् । लम्साल प्रति दलित गरिब अति बिपन्न,सर्वहारा नागरिक,मजदुर,किसान, हुदै शिक्षक तथा कर्मचारी सम्मको क्रेज छ । केन्द्रीय संसदीय अभ्यासमा आफूलाई राम्रै परिचीत बनाउन सफल लम्साल बाकी रहेको काम पुरा गर्न पनि आफू उम्मेदवार उठ्ने र चुनाव जित्ने दाउमा छन् । २०७० सालको चुनावमा पर्वत क्षेत्र नम्बर २ बाट विजयी भएका लम्साल प्रति स्थानीए तहमा उनको लोकप्रियता निकै बढेको पाईन्छ । गरिब अतिबिपन्न तथा सर्वहारा जनताको घरदैलोमा पुगी अकंमाल गर्न सिपालु लम्साल लाई धेरै बर्ग तथा समुदायका मानिसहरुले मन पराउने गरेको छन् । राजनितिमा चतुर मानिने लम्साल लाई धेरै व्यक्तिगत मत समेत पर्ने देखिन्छ । लम्साललाई भेटेर धेरै नागरिकहरुले आफ्नो भावना तथा दुख साट्ने गरेका छन् । लम्सालले त्यस्ता व्यक्तिहरुको घाउमा मलम लगाउने काम समेत गरेका छन् । २०७२ सालमा भुकम्प गएको ३ दिन नहुदै काठमाडौ बाट पर्वत आएर प्रत्यक भुकम्प पिडीतका घर घरमा पुगेर तत्काल बास बसाउनको लागी जस्तापाता त्रिपाल,कम्मल लगाएतका राहात सामाग्री प्रदान गरेका तथा केपी वली नेतृत्वको सरकारमा सञ्चालन गरेको जनता आवास कार्यक्रम पर्वतमा ल्याउन ठुलो भुमीका खेलेका लम्साल पर्वतका ७ वटै स्थानीए तहका नागरिकको रोजाईमा परेका छन् भने आफ्नो निर्वाचन क्षेत्र भित्रका साविकका गाबिसहरुका जेष्ठनागरिकहरु लाई घरदैलोमै पुगेर दोसल्ला फुलमाला अबिर तथा फलफुल दिएर सम्मान गरेका लम्साल प्रति बृद्धबृद्धाको समेत क्रेज उत्तीकै देखिन्छ । यत्ति मात्र होइन की पर्वतका पञ्चैबाजा संरक्षण गर्ने अभियान स्वरुप पर्वतका सम्पुर्ण बाजा समुह लाई बजाका सेटहरु तथा ड्रेस बितरण गरेका लम्साल प्रति उनीहरुको पनि मोह उत्तिकै रहेको देखिन्छ भने जिविको पार्जन गर्न सहज होस भन्ने हेतुले पर्वतका अपाङ्गहरु लाई आर्थीक सहयोग गरेका लम्साल प्रति फरक क्षमता रहेका व्यक्तिहरुले पनि लम्साल लाई कृपादृष्टिको रुपमा हेर्ने गरेका छन् ।  उनी मार्फत पर्वतका नागरिकको धेरै आशा पनि छ आफुले देखेको सपना साकार पार्न पनि लम्साल लाई नै टिकट दिएर जिताउनुपर्ने उनीहरुले बताउने गरेका छन् । युवा माझ पनि उत्तिकै लोकप्रिय कमाएका लम्साल लाई युवाको धरोहर तथा आशावादी नेताका रुपमा पनि उनी लाई चिन्ने गर्दछन् ।  सघंमा जुन सुकै व्यक्तिहरुले उम्मेदवार दाबा गरेता पनि कार्यकर्ताहरुले योगदान गरेका तथा विकास प्रेमी र जित्न सक्ने नेता विकास लम्सालाई सघं निर्वाचनमा उठाउनुको  अन्य विकल्प नरहेको बताउने गरेका छन् ।


यस कारणले पनि सबैको रोजाईमा छन् लम्साल

निर्वा्िचत भएको करिब ४ बर्षको अवधिमा लम्सालले अत्यान्तै विकट क्षेत्र नं. २ मा सम्झन लायक काम गरे त्यसैले गर्दा यहाँका जनताहरुले नाम जस्तै काम भन्दै लम्साल लाई नै चाहेका छन् भने १ का जनताले समेत पार्टी अध्यक्ष हुदै धेरै विकास निर्माणका योजना अगाडी सारेको भन्दै आफुहरुले पनि लम्साल लाई आफ्नो जनप्रतिनिधी चुन्न चाहेका छन् । १० बर्ष देखि अलपत्र परेको उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग लाई पर्वत खण्डमा ल्याउन उनले ठुलो भुमीका खेले । कालीगण्डकी लोकमार्गको काम अहिँले पर्वत र स्याङजा खण्डमा भईरहेको छ । अबको केहीँ समयमा उक्त मार्ग हुदै यहाँका जनता सुनौली जान सक्ने छन् । त्यस्तै शिक्षा क्षेत्रको विकासमा निकै आशालाग्दा कदमहरु चाले भने सडकको पहुँच नपुगेका साबिकका गाबिसहरुमा सडक पुराउने काम समेत गरे । १ ईन्च कालोपत्रे समेत नभएको क्षेत्र नं.२ मा उनकै कार्यकालमा सडक कालोपत्रे हुदै छ । उनकै पहलमा दोबील्ला हुदै फलेवास सम्मको सडकमा अहिँले कालोपत्रेको काम भईरहेको छ । खानेपानी नपुगेको ठाँउमा खानेपानीको व्यवस्था बिधुत नपुगेको ठाँउमा बिजुलीको व्यवस्था समेत उनकै कार्यकालमा भयो । क्षत्र नं. २ का साबिकका गाबिसहरुका जेष्ठनागरीक लाई सम्मान गर्ने र लोपउन्मुख पञ्चैबाजा संरक्षण गर्ने तथा नगर र गाउँपालिका भित्रका सबै अस्पतालमा एम्बुलेन्स पुराउने घोषणा गरेका सांसद लम्सालले आफुले गरेका सबै बाचाहरु आफ्नो कार्यकालमा पुरा गरेरै छाडे त्यसैले पनि उनले बाहेक अरुले चुनाव जित्न गाह्रो हुने एमाले पंक्तिमै कुरा उठ्न थालेको छ । पर्वतमा विकासको मूल फुटाउन सकिन्छ भन्ने आभाष दिलाउन उनले ल्याएका कृषि क्षेत्रका विकासका योजनाहरु देखी पर्यटन विकासका योजनाहरु लोक प्रिय बन्ने बिश्लेषकहरु बताउछन् । लम्सालले बिहादीको बच्छेश्वरकोट,शितल गुफा,शालिग्राम,शिवपुरीधाम,चिसापानी लगाएतका ऐतिहासिक धार्मीक महत्व बोकेका पर्यटकीय स्थलमा पैदल माग निर्माण गर्नुका साथै ऐतिहासिक धार्मीक महत्व बोकेका मठ,मन्दिर,पार्टी पौवा लगाएतका स्थलहरुमा सम्झन लायक काम गरेको स्थनीएले बताउने गरेका छन् ।  

Leave a Comment