you-price-design.jpg

ऐतिहासिक सम्पदाको प्राचुर्यता,धार्मीक र एकताको दृष्टिले पैँयू क्षेत्रको महत्व छः सांसद लम्साल

पर्वतको त्रिवेणीमा २० लाखको लागतमा आकर्षक मन्दिर निमार्ण ।।

  • २०७४ आश्विन १६ गते , सोमवार प्रकाशित

 माधब पराजुली पर्वतको पैँयू गाँउपालिकाको त्रिवेणीमा स्थानीयहरुकोे सक्रियतामा आकर्षक दुर्गा देवी मन्दिर निमार्ण गरिएको छ । संसद विकास कोषको रु.४ लाख, स्थानीय सहयोगमा उठाइएको रु १० र गाँउलेहरुको जनश्रमदान रु.६ लाख गरि २० लाखको लागतमा मन्दिर निमार्ण गरिएको हो । मन्दिर निर्माणमा स्थानीय समाजसेवीहरुले १ कठ्ठा जग्गा उपलब्ध गराएपछी संसद कोष तथा स्थानियको सहयोग र श्रमदानबाट मन्दिर स्थापना गरिएको स्थानिए   विष्णु प्रसाद काफ्लेले जानकारी दिनुभयो । हिन्दु नेपालीहरुको महान पर्व बडादशैको अवसरमा  उक्त मन्दिरको उद्घाटन गरि दैनिक रुपमा पुजा पाठ सञ्चालन भएको छ । २० लाखमा निर्मीत मन्दिरको उद्घाटन गर्देै पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले थोपा थोपा उठाएर घैला भरेजस्तै धेरै जनसमुदायहरुको लगन र परिश्रम जोडेर आस्थाको प्रतीकको रुपमा रहेको यो पवित्र मन्दिर खडा हुनु सहकार्यको एउटा अनुपम उदाहरण रहेको बताउनुभयो । ऐतिहासिक सम्पदाको प्राचुर्यता तथा साँस्कृतिक, धार्मिक र सामाजिक सद्भाव र एकताका दृष्टिले पैँयू क्षेत्रको महत्व रहेको बताउदै यहाँ रहेका प्राकृतिक स्रोत तथा सम्पदाको सदुपयोग हुनु पनि जरुरत रहेको बताउनुभयो । लम्सालले पैँयु गाँउपालिका स्रोत र साधन तथा पर्यटकीय दृष्टिले भरिपुर्ण रहेको बताउदै पैँयू भित्र बिभिन्न धार्मीक ऐतिहासिक महत्व बोकेका धार्मीक स्थलहरुको व्यवस्थीत गरी पर्यटकीय स्थलको रुपमा बिकास गरिने बताउनुभयो । सभ्य, सद्भावयुक्त, सुखी र शान्त मानव समाज निर्माण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।   सो  अवसर मा पण्डितले  बै दिक पर म्पर ाअनुसार  मन्त्र वाचन गर े पछि पूजापाठ शुरु भएको  थियो  ।   

Leave a Comment