you-price-design.jpg

वडा अध्यक्ष ठकुरीले घरदैलोमै पुगेर गरे सामाजिक सुरक्षा भत्ता वितरण

  • २०७४ आश्विन १० गते , मंगलवार प्रकाशित

पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउरालीमा सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर वितरण गरिएको छ ।  बैंक खातामार्फत भत्ता वतिरण गर्दा वृद्ध तथा अशक्तले ज्यादै झण्झट र दुःख सास्ती व्यहोर्नु परेकाले  वडादशैंको उपलक्ष्यमा वडाकार्यालय लुंखुदेउरालीले घरघरमै गएर भत्ता वितरण गर्न थालेको हो । स्थानीय तहमा पदाधिकारी निर्वा्चित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गरिएको हो ।चार महिनाको ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका तथा अपांग भत्ता २१ लाख रुपैयाँ वितरण गरिएको वडाध्यक्ष जिवन उच्चै ठकुरी ले जानकारी दिनुभयो । भत्ता आउँला र दशैं मनाउला भनेर बसेका लाभग्राहीलाई दशैंको मुखमा घरघरमै पुगेर भत्ता वितरण गरेको ठकुरीले बताउनुभयो । वडा नंं. ५ लुंखुदेउरालीका ७६५ जना वृद्धवृद्धा,अपाङ्ग,एकल महिला लगाएतले सामाजिक सुरक्षाभत्ता बापत पाउने रकम ठकुरीले घरघरमा पुगेर प्रदान गर्नुभएको हो । ४ दिनको अवधिमा ७६५ जान लाई २१ लाख बराबरको सामाजिक सुरक्षा भक्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  घण्टौ हिडेर बैक धाउनुपर्ने बाध्यता रहेको अवस्थामा घरदैलोमै भत्ता पाएपछि जेष्ठनागरिक निकै खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने वडाको निर्णयबमोजिम उक्त कार्यक्रम शुरु गरिएको बताइएको छ  । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको पाइएपछि लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिँदै आएको थियो  

Leave a Comment