you-price-design.jpg

फलेवासमा सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण

  • २०७४ आश्विन ९ गते , सोमवार प्रकाशित

  पर्वतको फलेवास नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । नगर भित्रका ११ ओटै वडाका जनप्रतिनिधीहरुको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया शुरु गरिएको हो । नगरपालिकाको वडा नंं. ५ खानिगाँउमा पहिँलो दिनमा वडाका १०० जना वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बापत पाउने रकम १० लाख भन्दा बढी वितरण गरिएको वडाअध्यक्ष दिपक शर्माले जानकारी दिनुभयो ।  गाउँमै भत्ता पाउने भएपछि लाभग्राहीलाई घण्टौ हिडेर बैक धाउनुपर्ने बाध्यता हटेको छ । गाउँमै भत्ता पाउँदा जेष्ठनागरिक निकै खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने नगरपालिकाको निर्णयबमोजिम उक्त कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।नगरभित्रका अन्य वडाहरु  कार्कीनेटा,थापाठाना,संकरपोखरी,मुडीकुवा,खानिगाँउ,देविस्थान,लिमीठाना,ठानामैला,भंगर,कुर्घा र पाङग्राङमा पनि वितरण भईरहेको बताइएको छ ।  

Leave a Comment