you-price-design.jpg

पर्वतको रानिपानीमा हाटबजार शुरु,पहिँलो दिनमा ६ लाखको तरकारी बिक्री

  • २०७४ आश्विन ७ गते , शनिवार प्रकाशित

माधब पराजुली, पर्वत

पर्वतको बिहादी गाँउपालिका वडा नं. ३ रानिपानीमा गाँउपालीकामानै पहिलो पटक कृषि हाटबजार सञ्चालन भएको छ । रानिपानीको ठाँटीचौरमा सञ्चालित हाटबजारको पहिँलो दिनमै ६ लाख बराबरको कारोबार भएको छ । नमुना कृषि सहकारी संस्थाले सञ्चालन गरेको हाटबजारको शुरुवातको दिनमै ६ लाख बराबरको तकारी बिक्री बितरण गरिएको संस्थाका अध्यक्ष राम प्रसाद पराजुलीले जानकारी दिनुभयो । स्थानीयबासीहरुले हाटबजारमा आफ्ना कृषी उत्पादनहरु विक्री गरेका थिए । ग्रामिण क्षेत्रमा उत्पादनलाई सहज तरिकाले बजारसम्म पु¥याउन नयाँ अभियान थालिएको पराजुलीले बताउनुभयो । हाटबाजारमा आलु,प्याज,घिरौँला,लौका,काक्रा,टमाटर,बोर्डी,सिमी,करेला लगाएतका तरकारी बिक्री वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त संस्थाले प्रत्येक महिनाको शनिवार रानीपानीका विभिन्न स्थानमा हाटबजार सञ्चालन गर्ने भएको छ । स्थानीए स्तरमा उत्पादीत कृषीजन्य बस्तुहरु बिक्री गर्न किसान लाई निकै सहज भएको छ । आफुले उत्पादन गरेको कृषीजन्य बस्तुहरु घण्टौ लागाएर बजारमा पु¥याउन नपरी गाँउ स्तरमा बेच्न पाएपछी किसान निकै खुसी भएका छन् । बजारीकरण हुन नसक्दा कृषी उपज बस्तुहरु त्यसै कुहियर खेर गईरहेका बेला आफुले गाँउमै तरकारीहरु बिक्री गर्न निकै खुसी लागेको कृषक तुलसी पराजुलीले बताउनुभयो । उक्त हाटबजारको उद्घाटन शनिवार गरिएको छ । उद्घाटन गर्दै बिहादी गाँउपालिका अध्यक्ष कमल प्रसाद भुषालले कृषी हाटबजारले कृषकहरुलाई उत्साहित बनाउनुको साथै कृषी क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बजारीकरणमा समस्या हुदाँ किसान मारमा परेको बेला र ग्राहकले समेत चर्को मुल्य तिनुपर्ने स्थिती नियन्त्रण गर्न हाट बजारले मद्दत पु¥याउने बताउदै कृषकले उत्पादन गरेका कृषि सामग्ीको बजारी करण गर्न समेत हाटबजारले टेवा पु¥याउने बताउनु भयो ।  उद्घाटन कार्यक्रममा नेपाली काङग्रेस जिल्ला कार्यसमिती पर्वत सदस्य हर्क बा.सुनार,काङग्रेस गाँउकार्य समिती रानिपानीका अध्यक्ष ओम प्रसाद पराजुली,नेकपा एमाले वडा कमिटी सचिब गणेश पराजुली,रा.ज.मो.पर्वतका सल्लाहकार होवनाथ पराजुली लगाएतले हाटबजारलाई दिगो बनाउन सके किसानहरुमा व्यवसायीकरणमा लाग्न जाँगर आउने बताउनुभयो । नमुना कृषि सहकारी संस्थाका अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षता, शिक्षक भिम बा. क्षेत्रीको स्वागत मन्तव्यमा सम्पन्न सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सह सचिब जिवलाल पराजुलीले गर्नुभएको थीयो ।  

Leave a Comment