you-price-design.jpg

बडा दशैँ सुरु, कालिका भगवती मन्दिरमा भक्तजनको भिडभाड

पशुबली अन्त्यका लागी परिषदको अभियान

  • २०७४ आश्विन ५ गते , विहीवार प्रकाशित

बडा दशैंको पहिलो दिन बागलुङ कालिका मन्दिरमा भक्तजनहरुको भिडभाड शुरु भएको छ । बिहीबार बिहान ४ बजे देखि नै भक्तजनहरु मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए । नव दुर्गा भवानीको पूजा अर्चना, ग्रह शान्ति, पंचवली, बिवाह, भाकल आदी धार्मिक कार्यहरु यो अवधिमा धेरै हुने कालिका भगवती गुठीले जनाएको छ । यसै गरी नव दुर्गाको समयमा उल्लेख्य मात्रमा बलि पनि चढ्ने गर्दछ । कालिका भगवती मन्दिरमा बडा दशैंको तयारीका लागी सरसफाई, रङ्ग रोगन, सुरक्षा प्रबन्ध आदी कार्यमा उचित व्यवस्था मिलाइएको छ । भक्तजनहरुका लागी विहान ४ बजे देखि बेलुका ६ बजेसम्म पूजा अर्चनाको व्यवस्था मिलाइएको छ । नव दुर्गा भवानीको पूजा अर्चनाका लागी स्वदेश तथा बिदेशबाट समेत भक्तजनहरु बागलुङ कालिका मन्दिरमा आउने गर्दछन । बागलुङ बजारबाट नजिकै तथा पोखरा बागलुङ—राजमार्गको आइवे मन्दिरको मुख्य प्रवेशद्धारसंग जोडिएकाले यातयातको सुविधा रहेको छ । प्रवेशद्धार परिसरमै यातयात पार्किङको व्यवस्था मिलाइएको छ ।                       बि.सं १५९१ मा पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुकुन्द सेनकी राजकुमारीसंग बिवाह हुदां कालिका देवीको मूर्ति राजकुमारीले पाल्पा दरवारबाट साथैमा ल्याएकी थिइन । बिवाह पश्चात जन्ती पर्वत फिर्ता हुन लाग्दा कालिका देवीको खड्ग र डोली कसैले पनि उठाउन नसकि रहेको अवस्थामा एक जना शिकारी भेषधारी व्यक्ति दरवारमा देखिए, उनलाई खड्ग उठाउन लगाउदा खड्ग उठेको थियो । तत् पश्चात डोली पनि उठेपछि पाल्पा देखि जन्ति पर्वत फिर्ता भए । पाल्पा देखि जन्ति पर्वत फर्कने समयमा बाङ्गेचौरमा डोली र खड्ग विसाइएकोमा नउठेपछि सोही ठाउं (हालको कालिका मन्दिर रहेको स्थानमा) राजदम्पत्तिले कालिका देवी (भगवती)को मन्दिर स्थापना गरेका थिए । पशुबली अन्त्यका लागी परिषदको अभियान श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, काठमाडौंको समूहले बिहीबार बागलुङमा पशुवली प्रथा अन्त्यका लागी शान्ति पद यात्रा कार्यक्रम संचालन गरेको छ । सो अभियानले पशु पंक्षिहरुको बली नगर्न अनुरोध गरेको छ । साथै मन्दिरहरुमा धर्मका लागी गरिएको पशुपंक्षिहरुको बलि निहित स्वार्थका लागी मात्र भएकाले सच्चा मानवताको परिचय दिदै सचेत बनी यो कुप्रथाको अन्त्य गरी सभ्य, सुसंस्कृत, स्वस्थ्य शाकाहारी समाज निर्माणमा हातोका लागी परिषदले अनुरोध गरेको छ । परिषदको टोलीले बिहीबार बिहान बागलुङ बजार सहित कालिका भगवती मन्दिरमा सचेतनात्मक कार्यक्रम संचालन गरेको छ । सो अवसरमा सांगितिक प्रस्तुती, पर्चा वितरण र माइकिङको माध्यमबाट पशु बली नगरी शाकाहारी बन्न आग्रह गरिएको थियो ।  

Leave a Comment