you-price-design.jpg

२ करोड लागतको ठेउले खोलाको मोटरेबल पुल ३ वर्ष देखी अलपत्र !

  • २०७४ आश्विन ४ गते , बुधवार प्रकाशित

 बागलुङ  कुस्मीसेरा र सर्कुवा जोड्ने ठेउले खोलामा निर्माणाधीन मोटरेबल पुलको तीन वर्ष पहिले निर्माण कार्य सुरु गरिएको भएपनि अहिले अलपत्र अवस्थामा छ । जम्मा २० मिटर लामो यो मोटरेबलपुल २०७२ साल माघ ३० गते सम्म निर्माण सम्पन्न गर्ने गरी चितवनको एमआरएन तथा अनेष्ट जेभि ठेकदार कम्पनिले २०७१ साल असार २५ गते संझौता गरेको थियो । ठेकदार कम्पनिले पुलको निर्माण कार्यलाई निकै समय अघिदेखी निरन्तरता दिएको छैन । पुल बेवारिसे अवस्थामै देखिन्छ । जैमिनी नगरपालिकाको केन्द्र कुस्मीसेरा देखी सर्कुवा जोडने ठेउले खोलाको मोटरेबल पुल अलपत्र अवस्थामा रहँदा कुस्मीसेरा पारीका जनतालाई निकै सास्ती खेप्नु परेको छ । ढुवानी असुविधाले गर्दा खाद्य सामाग्री लगायत अन्य सामानको बढी मुल्य तिर्न स्थानीयवासी बाध्य छन् ।
मोटरेबल पुल नबने सम्म वर्षातमा ठेउले खोलामा पानीको वहाव बढ्ने हुनाले निकै कष्टकर हिसावले जैमिनी नगरवासीले जीवन धानी रहेका हुन्छन् भने हिँउद लाग्यो भने ठेउले खोलाबाटै सवारी साधनहरु वार पार गर्ने चाँजो मिलाईएको हुन्छ ।

ठेउले खोलामा मोटरबाटो सन्चालन गर्न सक्रिय मेयर ईन्द्रराज पौडेल (वीच) र उपमेयर लिला राना (दाया) । अहिले ठेउले खोलामा पानीको वहाव कम भएकोले आज (मंगलवार) साँझ सम्ममा सवारी साधनहरु खोलाबाट वारपार गराउने प्रयासमा लागेको जैमिनी नगरपालिकाका मेयर ईन्द्रराज पौडेल र उपमेयर लिला रानाले ईबागलुङलाई बताए । मेयर पौडेल र उपमेयर राना विहानै देखी डोजरले खोलामा बाटो सम्याउन प्रयत्नशील रहेका छन् । उता १ करोड ९९ लाख ५६ हजार ५ सय ९८ रुपैयाँ लागतको यो पुल निर्माण कार्य ठप्प हुनुमा ठेकेदारले काम गरेको ४० लाख रुपयाँ भुक्तानी नपाएपछी निर्माण कार्य रोकिएको बताउने गरेका छन् भने जिल्ला समन्वय समिति, प्राविधिक कार्यालय र ठेकदार कम्पनि वीच कुरा नमिले पछी निर्माण कार्यले गगि नलिएको स्थानीयको बुझाई छ । दुई करोड रुपयाँको आयोजना अलपत्र परिरहँदा आँखा चिम्लेर बस्ने सरोकारवाला निकायहरुलाई नवनिर्वाचित जनप्रतिनिधीहरुले ध्यानाकर्षण गराउनु पर्ने जैमिनी नगरवासीले बताएका छन् । एकातिर योजना सम्पन्न नहुने अर्कोतिर जनतालाई सास्ती खेपी रहनु पर्ने राम्रो भएन स्थानीयवासी भन्छन यो त भ्रष्टाचारलाई बढावा भयो ।

Leave a Comment