you-price-design.jpg

एमाले कार्यकर्ताको मागःप्रादेशिक चुनावमा क्षेत्र नं.२ बाट युवा नेता भुषाल लाई उठाउनुपर्ने

  • २०७४ आश्विन १ गते , आईतवार प्रकाशित


पर्वत
आगामी मंसीर २१ गते प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुँदैछ । यो निर्वाचन आउन अव करिब ३ महिना मात्रै बाकीँ रहदा पर्वतका बिभिन्न राजनितीक दलका नेताहरुले आकंक्षा बढाएका छन् । बिशेष गरी जिल्लामा नेपाली काङग्रेस र एमालेमा आकंक्षीहरु बढी नै देखिएका छन जसले गर्दा दलहरु लाई आफ्ना उम्मेदवार छान्न हाम्मे हाम्मे पर्ने निश्चित छ । संघको निर्वाचनमा १ र प्रदेशको निर्वाचनमा २ क्षेत्र रहेको पर्वतमा एमाले र काङग्रेसको लडाई चर्को हुने देखिन्छ । स्थानीए तहको निर्वाचनमा सबै भन्दा बढी तह जितेर जिल्लामा पहिँलो बनेको नेकपा एमाले संघ र प्रदेशको चुनावमा झनै अहिँल्यहीँ देखीनै हौसिएको छ ।
प्रदेशको निर्वाचन आउन करिब ३ महिना बाँकी रहदा नेताहरुले सामाजिक सञ्जाल देखि सार्वजनिक कार्यक्रममा पुगेर आफु उम्मेदवार बन्ने घोषणा गरेका छन् । यसै क्रममा पर्वत क्षेत्र नं. २ बाट प्रदेशको निर्वाचनमा युवा संघका केन्द्रिय सदस्य युवा नेता एव प्रखर वक्ता सुन्दर भुषालले पनि आफ्नो उम्मेदवारी सार्वजनिक गरेसगैँ दक्षीणी पर्वतका बासीन्दाहरुले पनि सुन्दर भुषालको नाम सिफारीस गरेका छन् । जिल्लाको पैयूँ गाँउपालिका र बिहादी गाँउपालिकाले उनको विकल्प नरहेको स्पष्ट पारेको हो । राजनीतिमा उत्तिकै सक्रिय युवा उद्यमी समेत रहेका  भूषाल लाई आफुहरुले प्रादेशिक चुनावमा उठाउन चाहेको एमाले कार्यकर्ताहरुको भनाई छ । लामो समय सम्म दक्षीण पर्वतले लिडरसिप नपाएको भन्दै त्यहाँका एमाले कार्यर्ताहरुले दक्षीण बाट आगामी प्रादेशीक निर्वाचनमा क्षेत्र नं. २ बाट भुषाल लाई उठाउनुपर्ने माग गरेका छन् । स्थानीए तहको निर्वाचनमा पहिँलो बनेको एमालेले आगामी सघं र प्रदेशमा पनि चुनाव जित्ने रणनितीमा छ ।ंकहाँ कस्लाई उठाउदा चुनाव सजिलै जित्न सकिन्छ त्यहाँ सोही व्यक्त लाई उठाउनुपर्ने एमाले बृत्तमा प्रशंग उठ्न थालेको छ । प्रादेशिक निर्वाचनमा दक्षीण बाट एक नेता हुनै पर्ने एक थरी एमालेको माग चर्कीरहदा २ बाट भुषाल लाई उठए जुन सुकै अस्त्र प्रयोग गरेर पनि भुषालले चुनाव जित्ने एमालेका नेता तथा कार्यक्रताहरको तर्क छ् । काङग्रेस बाट नवराज गुरुङ् प्रादेशिक निर्वाचनमा उठ्ने पक्का पक्की जस्तै भईरहेको भन्दै गुरुङ सगँ भुषाल लाई प्रतिस्पर्धा गराएमा एमालले चुनाव जित्ने बिश्लेष्ण हुन थालेको छ । कसैसँग नझुक्ने र संघर्षबाट पछि नहट्ने,चुनौतिसंग नहार्ने , नडग्ने पात्रका रुपमा दहरिएका भुषालले चुनाव सजिलै जित्ने एमाले कार्यकर्ताहरुको बुझाई छ । उनको चर्चा यतिवेला पर्वत क्षेत्र न २ वाट प्रदेश सभाका लागि चौतर्फी हुन थालेको छ । विशेषत उनले गएको स्थानिय तह निर्वाचनमा विहादी गाउंपालिकामा एमालेलाई जिताउन खेलको भूमिकाको पर्वतका एमालेले खुलेर प्रशंसा गरेका छन् । एमालेको लागी निकै कमजोर मानिएको विहादी गाउंपालिकाको प्रमुख , उपप्रमूख एमालेको पक्षमा पार्न भुषालले खेलेको चतुर रोलको एमाले बृक्तमा खुलेरै प्रशंसा हुने गरेको छ । उक्त परिणाम लाई हेरेर पनि एमालेले उन लाई टिकट सजिलै दिन सक्ने बुझीएको छ । दमदार भाषण गर्न सिपालु युवा भुषालको माहौल क्षत्र नं. २ मा निकै राम्रो भएकोले उनले आफ्नो क्षत्र लाई कायपल्ट गराउनेमा आशावादी रहेको एक कार्यकर्ताले बताए । भूषालको प्रदेशमा चुनाव लडने सोच रहेको र उनलाई बाहेक अरुलाई उठाएमा चुनाव जित्न गाह्रा हुन्छ ति कार्यक्रताले भने युवालाई प्रोत्साहनका लागि अनि दक्षिणमा एमालेलाई सशक्त बनाउन र एमालेमय बनाउन उनको बिकल्पमा अरुलाई अगाडी सार्न नहुने यूवाहरुको माग छ ।
गाँउपालिका जिताउन मात्र होईन भूषालको राजनीतिक शान त्यतिवेला अझ बढ्यो जतिवेला कांग्रेसको आधार मानिएको उराममा एमालेले शानदार रुपमा धावा बोल्यो । उराममा एमालेले जित्यो । त्यसले उनको प्रदेश सभाको दावेदारीको जमिनलाई थप बलियो बनाएको  स्थानिय एमाले नेता बताउंछन् । युवा संघका केन्द्रिय सदस्य रहेका भुषल हाल  संघको विदेश विभाग उपप्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उन लाई अब पर्वत क्षत्र नं.२ को जिम्मेवारी सुम्पीनुपर्ने यूवाहरुको भनाई छ ।

Leave a Comment