you-price-design.jpg

संघको चुनावःपर्वतबासीले भन्न थाले लम्साल (ब्राजिल) र जोशी (अर्जेन्टिना)को लडाई

  • २०७४ भाद्र २९ गते , विहीवार प्रकाशित

पर्वत
संविधान जारी भएसंगै सरकारले स्थानीए तहको निर्वाचन तिन चरणमा गर्ने निर्णय ग¥यो । पहिलो र दोस्रो चरणमा ६ वटा प्रदेशको निर्वाचन सम्पन्न भईसकेको छ भने मात्र प्रदेश २ को चुनाव असोज २ गते हुदैँछ । प्रदेश र सघंको निर्वाचन सम्पन्न भएपछी नेपालको संबिधान कार्यान्वयन हुनेछ । आगामी मंसीर २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । यो निर्वाचन आउन अव करिब ३ महिना मात्रै बाकीँ रहदा पर्वतमा चौतरा, चोक,चिया पसलमा समेत बहस हुन थलेको छ । यतिबेला सबै पार्टीका कार्यकर्ताहरुको पहिलो प्रश्न बनेको टिकट कसले ल्याउला अनी दास्रो प्रश्न चाहीँ कसले जित्ला सबै कार्यकर्ताहरुको कुरा सुन्दा पर्वतमा एमाले र काङग्रेसको लडाई चर्को हुने देखिन्छ । कार्यकर्ताहरुले यस लडाई लाई विश्व कपमा ब्राजिल र अर्जेन्टिना को लडाईका रुपमा लिएका छन् ।
कार्यकर्ताहरुका अनुसार आगामी मंसिर २१ मा हुने संघको चुनावमा प्रत्यक्ष तर्फ नेकपा एमाले बाट सांसद विकास लम्साल र नेपाली काङ्ग्रेस बाट सांसद अर्जुन प्रसाद जोशीको लडाई हुने निश्चत जस्तै छ । कार्यकर्ताहरुले सांसद द्धयको लडाई चर्को हुने बताउदै लम्साल लाई ब्राजिलका पेले र जोशी लाई अर्जेन्टिनाका म्यारोडोनाको संज्ञा दिएका छन् । लम्साल पर्वत क्षेत्र नं. २ बाट दोस्रो संविधान सभाको निर्वाचनबाट निर्वा्चित भएका हुन भने जोशी क्षेत्र नं.१ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । निर्वा्चित सभासदहरु संविधान जारी भएपछि अहिले सांसदको भूमिकामा छन । यो समयमा जिल्लामा रहेका प्रत्यक्ष सांसदहरुको अवधिमा गरेका कर्महरुको समिक्षा हुन समेत थालेको छ । राजनितिमा निकै चतुर सांसद लम्साल निडर,प्रखर,अडीक तथा ईमान्दार र विकास प्रेमी नेताका  रुपमा परिचत भईसकेका छन् । उनी वनलाईन भोटिङको माध्यम बाट देशका १० उत्कृष्ट नेताको रुपमा घोषित समेत भएका छन् ।
निर्वा्चित भएको करिब ४ बर्षको अवधिमा लम्सालले अत्यान्तै विकट क्षेत्र नं. २ मा सम्झन लायक काम गरे त्यसैले गर्दा यहाँका जनताहरुले नाम जस्तै काम भन्दै लम्साल लाई नै चाहेका छन् भने १ का जनताले समेत पार्टी अध्यक्ष हुदै धेरै विकास निर्माणका योजना अगाडी सारेको भन्दै आफुहरुले पनि लम्साल लाई आफ्नो जनप्रतिनिधी चुन्न चाहेका छन् । १० बर्ष देखि अलपत्र परेको उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग लाई पर्वत खण्डमा ल्याउन उनले ठुलो भुमीका खेले । कालीगण्डकी लोकमार्गको काम अहिँले पर्वत र स्याङजा खण्डमा भईरहेको छ । अबको केहीँ समयमा उक्त मार्ग हुदै यहाँका जनता सुनौली जान सक्ने छन् । त्यस्तै शिक्षा क्षेत्रको विकासमा निकै आशालाग्दा कदमहरु चाले भने सडकको पहुँच नपुगेका साबिकका गाबिसहरुमा सडक पुराउने काम समेत गरे । १ ईन्च कालोपत्रे समेत नभएको क्षेत्र नं.२ मा उनकै कार्यकालमा सडक कालोपत्रे हुदै छ । उनकै पहलमा दोबील्ला हुदै फलेवास सम्मको सडकमा अहिँले कालोपत्रेको काम भईरहेको छ । खानेपानी नपुगेको ठाँउमा खानेपानीको व्यवस्था बिधुत नपुगेको ठाँउमा बिजुलीको व्यवस्था समेत उनकै कार्यकालमा भयो । क्षत्र नं. २ का साबिकका गाबिसहरुका जेष्ठनागरीक लाई सम्मान गर्ने र लोपउन्मुख पञ्चैबाजा संरक्षण गर्ने तथा नगर र गाउँपालिका भित्रका सबै अस्पतालमा एम्बुलेन्स पुराउने घोषणा गरेका सांसद लम्सालले आफुले गरेका सबै बाचाहरु आफ्नो कार्यकालमा पुरा गरेरै छाडे त्यसैले पनि उनले बाहेक अरुले चुनाव जित्न गाह्रो हुने एमाले पंक्तिमै कुरा उठ्न थालेको छ । युवा पुस्ता देखी बृद्धा सम्म लम्साल प्रति क्रेज छ । दमदार भाषण, माओवादीको आक्रमणमा घाइते र जनआन्दोलनको सक्रियताका कारण उनी जिल्लामा स्थापीत नेता बन्न सफल भएका हुन ।
उनी पर्वतका जनताहरु प्रति ठूलो भरोसा भएका कारण प्रत्यक्ष तर्फ एमालेले लम्साल लाई नै लडाउदा एमाले लाई चुनाव जित्न सजिलो हुने बिश्लेष्कहरु बताउने गरेका छन् । पर्वतमा विकासको मूल फुटाउन सकिन्छ भन्ने आभाष दिलाउन उनले ल्याएका कृषि क्षेत्रका विकासका योजनाहरु देखी पर्यटन विकासका योजनाहरु लोक प्रिय बन्ने बिश्लेषकहरु बताउछन् । लम्सालले बिहादीको बच्छेश्वरकोट,शितल गुफा,शालिग्राम,शिवपुरीधाम,चिसापानी लगाएतका ऐतिहासिक धार्मीक महत्व बोकेका पर्यटकीय स्थलमा पैदल माग निर्माण गर्नुका साथै ऐतिहासिक धार्मीक महत्व बोकेका मठ,मन्दिर,पार्टी पौवा लगाएतका स्थलहरुमा सम्झन लायक काम गरेको स्थनीएले बताउने गरेका छन् ।
संविधान निर्माणमा उनले खेलेको भुमीका र सदनमा कडा रुपमा गर्जिने गरेका लम्साल लाई पार्टी सजिलै सँग टिकट दिने नेताहरुको भनाई छ । उनको केन्द्रिय स्तरका नेताहरु सगँ राम्रो सम्बन्ध भएकाले पनि टिकट लम्सालको हातमा आउने उनीहरुको भनाई छ ।
उता, क्षेत्र न १ बाट दोस्रो संविधान सभाको निर्वाचनमा निर्वा्चित सांसद अर्जुन जोशी पर्वतबाट तेस्रो पटक निर्वा्चित भएका हुन । उनलाई फेरि पनि काङग्रेसले टिकट दिनुको विकल्प नभएको काङ्ग्रेसीहरुको भनाई छ । काङग्रेस सभापति शेर बा. देउवा सगँ राम्रो सम्बन्ध भएका कारण पनि टिकट उनकै हातमा आउने बताईन्छ । जोशी नेपाली काङग्रेसका केन्द्रिय सदस्य हुन ।
 उनको दुई पटकको अनुभवले जिल्लामा विकासका ठूला आयोजनाहरु आउने पर्वतबासीको चाहना थीयो । जिल्लामा उनका कार्यकालमा विकासका ठूला आयोजनाहरु नआएपनि जनअपक्षा अनुसारका काम भने भएका छन् । क्षत्र नं. १ का बिभिन्न वडाहरुमा उनले यातायात,शिक्षा,खानेपानी,स्वास्थ्य लगाएतका पुर्वाधारलाई जाड दिएका छन् । जोशी सधै कार्यकर्ताको मनोभावना बमोजीमका योजनाहरु सञ्चालन गर्न यो अवधिमा ब्यस्त रहे । नेपाली कांग्रेसको तर्फबाट निर्वा्चित जोशी जिल्लामा नेपाली कांग्रेसको लामो समय नेतृत्व गरेका नेता पनि हुन । उनको छाप जिल्लामा छुट्टै रहेको काङग्रेसीहरुले बताउने गरेका छन् ।
पार्टी भित्र मात्र नभई अर्को पार्टीका कार्यकर्ताहरु माझ पनि सधै प्रिय बन्न रुचाउने जोशीले यस पटक क्षेत्र न २ मा समेत आफ्नो उपस्थिती देखाउनका लागि राम्रै कसरत गरे । जोशीले गाउँघरमा आयोजना हुने साना देखि जिल्लाका सवै खालका ठूला कार्यक्रमहरुमा सक्रियता देखाउने गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्ताहरुका माझ एक मात्र आशा र भरोसाका केन्द्र भाग बन्न सफल जोशी प्रति कार्यकर्ताहरुको निकै ठूलो लगाव कायमै छ ।
पार्टी निकट कार्यकर्ताहरुले आ आफ्ना तर्क गरेता पनि यसको फैसला भने मंसिर २१ ले गर्ने छ ।


Leave a Comment