you-price-design.jpg

ताजिकिस्तानसँग घरमै हार्‍यो नेपाल

  • २०७४ भाद्र २० गते , मंगलवार प्रकाशित

 २० भदौ, काठमाडौं । २०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानसँग नेपालले घरेलु मैदानमै पराजय ब्यहोरेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा नेपालले खेलको नतिजा २-१ ले ताजिकिस्तानलाई सुम्पियो । एसियन कप छनौटको यसअघिका दुई खेलमा नेपाल जितबिहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौंमै भएको दोस्रो खेलमा यमननसँग गोलरहित बराबरी खेलेको थियो । स्ट्राइकर बिमल घर्तीमगर र मिडफिल्डर बिक्रम लामा सुरुवाती टोलीमा नपरेको खेलमा रक्षापंक्तिको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको ३० मिनेटभित्रै २ गोलले पछि परेको थियो । खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् । पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गरेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । फलस्वरुप नेपालले ६१औं मिनेटमा १ गोल फर्काउन सफल भयो ।

Leave a Comment