you-price-design.jpg

एनआरएनए रसियाको अध्यक्षमा पर्वतका गौतम

  • २०७४ भाद्र १२ गते , सोमवार प्रकाशित

 गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको अध्यक्षमा रामेश्वर गौतम निर्बीरोध निर्वाचित भएका छन ।
एनआरएनए रसियाको केही बेर अघि सम्पन्न उमेदवारी दर्ताका क्रममा गौतमको मात्र उमेदवारी परेपछि उनी अध्यक्षमा निर्वीरोध निर्वाचित भएका हुन । पर्वतको फलेवास नगरपालिका –५ देबिस्थानका स्थायी बासिन्दा गौतमले लामो समय देखि रसियामा ब्यबसाय गर्दै आएका छन ।
यसैगरी समितिको उपाध्यक्षमा शिबमणि भुर्तेल र सुमन रिजाल निर्वाचित भएका छन भने महासचिबमा रोशन पोखरेल निर्वाचित भएका छन । सचिबममा इन्द्रप्रसाद भुसाल र कोषाध्यक्षमा गोबिन्द आचार्य निर्वाचित भएका छन ।
एनआरएनए रसियाको महिला संयोजकमा पबिता उपाध्याय, युवा संयोजकमा किरण रानाभाट, सदस्यहरुमा धनराज मोक्तान, बुद्धिप्रसाद तिवारी, दुर्गाबहादुर भट्टराई, हिमलाल र पशुपति घिमिरे निर्वाचित भएका छन । एनआरएनए केन्द्रिय समन्वय परिषद सदस्यमा डा. एकनारायण चापागाई निर्वाचित हुनुभएको छ । 

Leave a Comment