you-price-design.jpg

नेपाल यू-१५ साफको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

  • २०७४ भाद्र ९ गते , शुक्रवार प्रकाशित

 ९ भदौ, काठमाडौं । नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे ।
६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गर्‍यो । तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालले अर्को गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ । अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ ।

Leave a Comment