you-price-design.jpg

बहसःसमाजदार बनेर अन्तरमुखी स्थिती लाई अडोल बनाए ईश्वरीय सेवा हुन्छःब्रह्माकुमारी जानकी

  • २०७४ श्रावण ३० गते , सोमवार प्रकाशित

 
पर्वत
पछील्लो समय ब्रह्माकुमारी ईश्वरीय विश्व बिधालय प्रति नागरिकको आकर्षण बढ्ने गरेको छ, र ब्रह्माकुमारी ईश्वरीय विश्व बिधालयले आफ्नो शाखा पनि देशका बिभिन्न ठाँउमा विस्तार गरेको छ । यस बिधालयमा राजयोग सिकाउनुका साथै समाजका मानिस लाई तन मन र धन लाई निश्वार्थ र निष्काम भावले प्रयोग गरि बचनद्धरा सकरात्मक र आदारभावयुक्त शिक्षा समेत प्रदान गरेको छ । तर यस बिधालयमा कार्यरत दिदीबहिनीहरुले बाबा प्रति धेरैनै  धार्मीक अस्था र बिश्वास मन्ने गर्दछन् । यसै पेरिफेरीमा रहेर पत्रकार माधब पराजुलीले पर्वतको फलेवास स्थित ब्रह्माकुमारी ईश्वरीय विश्व बिधालय खानिगाँउकी प्रमुख जानकी दिद् ज्यू सगँ कुराकानी गर्नुभएको छ ।

तपाई लाई स्वागत छ ?

ओम शान्ति,ओम शान्ति,ओम शान्ति

तपाईले तिन पटक ओम शान्ति भन्नुको अर्थ के हो ?

मैले हरेक पटक सदैव ३ पटक ओम शान्ति भन्दछु,एक त म शान्त स्वरुप हुँ,अर्को मेरो बाबा सर्वशक्तिमान हुनुहुन्छ  र तेस्रो ड्रामाले भन्दछ धैर्य राख् ।

बाबा सुक्ष्म ईशरा कहिँले सुनिन्छ ?

जब बुद्धि लाई शान्ति हुने बानी पर्दछ तब बाबाका हरेक सुक्ष्म ईशारा हरु सुमिन्छ ।  केबल अकाग्रताको शत्तिको अवशयकता हुन्छ । अकाग्रताको शक्ति लाई हामी लाई शान्ति प्रिय बनाउद्छ ।

बाबा लाई कुन बच्चा प्रिय लागदछन् ?

बाबा लाई ति बच्चाहरु प्रिय लाग्दछन्  जसलाई बाबा प्रिय लागदछ बाबा को श्रिमत लाई पलना नगर्नु  अत्यान्त हानिकारक हुन्छ । बाबाले जो मर्यादाहरु बताउनुभएको छ त्यसमा चल्नाले धेरै शक्ति मिल्दछ् ।

सहज ईश्वरीय सेवाको बिधी के हो ?

समाजदार बनेर अन्तरमुखी भई आफ्नो स्थिती लाई एकरस  अचल अडोल बनाउनाले सहज ईश्वरीय सेवा हुन्छ ।

पुरुषार्थमा सफलताको आधार के हो ?

देहीँ अभिमानि स्थितीमा स्वाभाबिक रहनु अथवा स्वभाब बनाउनाले पुरुषार्थमा सफलता मिल्दछ । सेवा दिन देखिनै र निरन्तर गरिरहनुपर्दछ । कहिँल्यै आत्म विश्वासको कमी नहोस् ।

सुक्ष्म पाप कसरी बन्दछ ?

कर्मको गतिको ज्ञान भएर पनि यदि कुनै गलत काम हुन्छ भने सुक्ष्म पाप बन्दै जान्छ । यो जस्तो थीयो त्यसतै छ यो त कहिँल्यै सुध्रदैन जस्ता चिन्तन गर्ने र अरु लाई सुनाउनाले सुक्ष्म पाप बढ्दै जान्छ र धेरै सजाय मिल्दछ ।

तपाई लाई के लाग्छ बेपिm्रक को बन्न सक्छ ?

जसले बाबा लाई आफ्नो बनाएको छ । सच्चा भवना अटल बिश्वास र कल्याणकारी ड्रामामा निश्चयहुने हर नै बेपिm्रक रहन सक्छन् ।

तपाईको बिचारमा दिन राम्रो सगँ बिताउन के गर्नुपर्दछ ?

जब सम्म जिउनु छ बढाई पढ्नु छ । यदि कहिँल्यै मुरली मिस भयो भने दिन खराब हुन्छ ।
बाबाले जो समय तालिक बनाएर दिनुभएको छ त्यसैमा चल्नु पर्दछ ।

दादी जी के तपाँईमा कसरि गर्ने के गर्ने जस्ता चिन्तन चल्दैन ?

शान्त रहनु हाम्रो काम हो । सेवा गराउनु बाबा को काम हो  त्यसैले कसरी गर्ने के गर्ने आदी सकंल्प आउदैनन् । जहाँ सेवा हुनु छ स्वतः हुन्छ । त्यसै कुनै पनि व्यार्थ बिचार आउने बित्तिकै त्यसलाई समाप्त गर्नुपर्दछ ।


Leave a Comment