you-price-design.jpg

यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोली घोषणा

  • २०७४ श्रावण २९ गते , आईतवार प्रकाशित

२९ साउन, काठमाडौं । एसीसी यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली सार्वजनि गरेका हुन् । टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् । यस्तै शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव, कमल सिंह ऐरी पनि टोलीमा छन् । यस्तै सुुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाही पनि यू-१९ को प्रारम्भीक टोलीमा परेका छन् । टोलीको बन्द प्रशिक्षक अगष्ट १८ बाट सुरु हुनेछ ।

Leave a Comment