you-price-design.jpg

सन्चारकर्मी सन्देश लामिछानेले ल्याए मेरो जस्तै जोई, भिडियो सहित

  • २०७४ श्रावण २३ गते , सोमवार प्रकाशित

 पर्वते युवा एबं सन्चारकर्मी सन्देश लामिछाने दिनहु घरमा हुने गरेको झगडालाई समेटेर लोभी बुडा तीज गीत बजारमा ल्याएका छन् । पर्वतको उदाउदो कलाकार एबं सर्जकको रुपमा देखिएका जिल्लाको फलेवासका लामिछानेको यो पहिलो तीजी कोशेली हो ।   यो गीतमा गायक लामिछने र नबिना सुबेदीको आवाज , सन्जय परियारको लयमा प्रतिक संग्रामीको शब्द रहेको छ । यस गीतको दृश्य निर्माण सफल फिल्मस पोखराले गरेको छ ।   पोखराको रमणीय स्थान को रुपमा चिनिने लेखनाथ को ढोडबेसीमा छायांकन भएको यस गीतको छायांकन गणेश सापकोटाले गरेका छन् । उक्त गिले छोटो समयमै दर्शकहरुको मन जित्न सफल भएको छ ।   यस गीतको निर्देशन म्युजिक एरेन्जर एवम निर्देशक तारानाथ आचार्य र सम्पादन शिब भुर्तेलले गरेका छन् ,यो छायांकन को ब्यबस्थापन सर्जक दिपक अधिकारीद्धारा गरिएको हो । कलिलो उमेरमा संगीत क्षेत्रमा उदाउन खोजेका लामिछानेले यस लगत्तै बाकी ४ वटा बिभिन्न बिधाका गितहरु सार्वजनिक गर्ने जानकारी दिए ।

भिडियो

Leave a Comment