you-price-design.jpg

पर्वत आएर मानव अधिकार आयोगका सदस्य पौडेललेभने माघ भित्रमा निर्वाचन नभए नागरिकको अधिकार खोसिने

संविधानले कुनै पनि समुदायकाको अधिकार हनन् गरेको छैनःसांसद लम्साल

  • २०७४ श्रावण १५ गते , आईतवार प्रकाशित

 माधब पराजुली, पर्वत,श्रावण,१५ राष्ट्रिय मानव अधिकार आयोग नेपालका सदस्य गोविन्द शर्मा पौडे्लले माघ ७ भित्रमा सबै तहको निर्वाचन नभए देशमा संवैधानिक सकंट पैदा हुने खतरा रहेको बताउनुभएको छ । आईतबार पर्वतको फलेवास नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरु सगँको विकासका लागी मानव अधिकारमुखी पद्धती अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले राष्ट्रिय कानुन अन्तर्गत संबिधान र ऐनमा नागरिकका अधिकारहरु सुनिश्चित गरेको भएता पनि कार्यान्वयन तहमा भने बिभिन्न जटिल्ताहरु देखा परेकाले यस लाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।      उहाँले देशमा संविधान कार्यान्वयन हुन नसकेमा नागरिकहरुको हक अधिकार खोसिने बताउदै जनताको गाँस,वास र कपासको सुनिश्चित गर्न पनि संविधान कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकका हक अधिकार हन्न भएमा मानव अधिकार आयोज मुकदर्शक बनेर नबस्ने बताउनुभयो । नेपालको संबिधानमा हरेक समुदाय र वर्गका मानिसको हक अधिकार समेटिएको बताउदै नागरिको अधिकार स्थापीत गर्नको लागी संविधान कार्यान्वयनमा सरकार लाई दबाव दिदै आएको बताउनुभयो । उहाँले मानव अधिकार संस्कृतिको विकास नभए सम्म मानव अधिकारको प्रत्याभुती सम्भव नरहेकोले मानव अधिकार संस्कृतिको विकास गर्न राज्यका निकायहरुको साथै नागरिकहरु पनि जिम्मेवार पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको अधिकार माथी ठाडो हस्तक्षप गर्ने जोकोहीँ लाई पनि कानुनी दायरामा लियाएर कार्बाही गरेरै छाड्ने चेतावनी दिनुभयो ।  उहाँले मानव अधिकारका मूल्य र मान्यता लाई तल्लो तह सम्म स्थापित गर्न आयोगको पाचौँ रणनितिक योजनाले सबैका लागी घर घरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने अवधारण अगाडी सरेको बताउनुभयो । मानब अधिकार आयोगले स्थानिए तहका जनप्रतिनिधीहरु सगँ मानव अधिकारमुखी पद्धती अभिमुखीकरण कार्यक्रम फलेवास नगरपालिका बाट औपचारिक रुपमा शुरु भएको घोषणा गरेको छ ।     मानव अधिकारमुखी पद्धती अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले संविधानले सबै बर्ग र क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गरेको बताउदै कसैलाई पनि अब आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनुपर्ने अबस्था नआउने बताउनुभयो । उहाँले जहाँ लोकतन्त्र छ त्यहाँ मानसीको अधिकार हुने बताउदै नेपालको संविधानले कुनै पनि समुदायका मानिसको अधिकार हनन् नगरेको प्रष्ट पार्नुभयो । उचित श्रम, अनकूल कार्यवातावरण, न्यायोचित् पारिश्रमिक, सामाजिक सुरक्षा लगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बध स्थपित गर्न सवैले प्रयत्न गर्नुपर्नेमा लम्सालले जोड दिनुभयो । उहाँले मानव अधिकार हनन् हुनु भन्दा पहिँलेनै सजगता अपनाई मानव अधिकार हनन् हुनै नदिन आयोगको ध्यानाकर्षण समेत गराउनुभयो ।  लम्सालले स्थानीए तहका जनप्रतिनिधीहरु लाई जनताको घरघरमा मानव अधिकारको शिक्षा लिएर जान समेत निर्देशन दिनुभयो ।        फलेवास नगरपालिकाका प्रमुख पदम पाणी शर्माले मानव अधिकार हरेक नागरिकको आधारभुत अधिकार भएकाले मानव अधिकार सम्बन्धि व्यवस्था र प्रक्रियाहरुको बारेमा जानकारी नहुँदा मानीस आफ्नो हक अधिकार बाट बञ्चित हुने गरेको धारणा राख्नुभयो । उहाँले आफ्नो हक अधिकार बाट बञ्चित नहुनको लागी नागरिक स्वयं आफु नै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले स्थानीए जनप्रतिनिधीहरुलाई मानवको अधिकार लाई केन्द्रमा राखेर विकास निर्माणका कामहरु गर्न निर्देशन दिनुभयो । शर्माले मानव अधिकार लाई कुठीत हुन नदीई मानिसको हक अधिकार कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।  

Leave a Comment