you-price-design.jpg

सांसद लम्सालको पहलमा घेयनाउला— फलेवास सडक खण्डको कालोपत्रे गर्न २८ करोड बिनियोजन

  • २०७४ श्रावण ९ गते , सोमवार प्रकाशित

पर्वत पर्वतको घेयनाउला देखि फलेवास नगरपालिका सम्मको सडक खण्ड कालोपत्रे गर्न २८ करोड ६ लाख बजेट बिनियोजन भएको छ । पर्वत क्षेत्र नम्बर २ का सांसद विकास लम्सालको पहलमा सडक कालोपत्रेको लागी २८ करोड ६ लाख वजेट विनियोजन भएको हो । सडक कालोपत्रेका लागि उक्त बजेट बिनियोजन भएको नेपाल समाचारपत्रमा प्रकाशित गरेको छ । घेयनाउला देखि फलेवास नगरपालिकाको ढिक,खौउला हुदै खानिगाउँको नगरपालिकाको कार्यालय सम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि उक्त रकम बिनियोन भएको सांसल लम्सालले जानकारी दिनुभयो । अब केहि दिनमै ठेकेदार कम्पनी सँग सम्झौता गर्न टेन्डर आह्वान गरि काम सुरु गरिने यो बहुबर्षिय योजनाको लागि अर्थमन्त्रालय बाट बजेट बिनियोजन भएको उहाँले बताउनुभयो । अहिँले कुश्मा देखि घेयनाउला सम्मको १२ कि.मि.सडक खण्डमा कालोपत्र गर्ने काम चलिरहेको छ भने त्यहाँ बाट फलेवास सम्मको सडक कालोपत्रे गर्न उक्त बजेट छुटीएको हो । हिउँदमा धुलो र वर्षामा हिलोको कारण यातायात सञ्चालनमा निकै समस्या हुँदै आएको फलेवास कुश्मा सडक तत्काल कालोपत्रे गर्न माग गर्दै सांसद लम्साल मन्त्रालयमा निकै धाउनुभएको थीयो । ठेकेदारले समयमै काम गरेमा चालु आर्थिक बर्षमै काम पुरा हुने उहाँको भनाई छ ।     सडक कालोपत्रे भएसँगै आर्थिक सामाजिक विकास हुने बताउदै सांसद लम्सालले “सडक कालोपत्रे भएपछि यहाँ उत्पादन गर्ने तरकारी, दूध तथा कृषिजन्य वस्तुको बजार व्यवस्थापनका साथै आर्थिक आम्दानीको बाटो खुल्ने बताउनुभयो । “यात्रा पनि छिटो, सरल र सुरक्षित हुने भयो ।” उहाँले भन्नुभयो“ अब फलेवास नगरपालिका समृद्धशाली बन्ने छ ।      जिल्लाको कुश्मा नगरपालिका देखि फलेवास नगरपालिका सम्मको सडक १३ बर्ष पहिँले निर्माण गरेता पनि सकड अहिँले सम्म कालोपत्रे हुन सकेको थीएन् । सडक व्यवस्थीत नहुदाँ बर्खायाम फलेवास नगरपालिकामा गाडीहरु सहज रुपमा आवतजावत गर्न निकै समस्या हुने गरेको छ ।  

Leave a Comment