you-price-design.jpg

यसरी गरिएको थीयो कुश्मामा पत्रकार एवं कलाकार पराजुलीको शिकारीको छायांकन

  • २०७४ असार २४ गते , शनिवार प्रकाशित

    विकासराज पौडेल सञ्चारकर्मी तथा लोक गायक माधव पराजुलीको तीज गीत शिकारीको छायांकन शुक्रवार कुश्माबजारमा गरिएको छ । आगामी हरितालिका तीजलाई मध्यनजर गर्दै बजारमा आउन लागेको गीतको छायांकन कुश्माबजारस्थित होटल बेञ्जुमा गरिएको हो । सामाजिक परिवेशमा आधारित गीतमा लय माधव पराजुली, तेजेन मल्ल र प्रतिभा कुँवरको रहेको छ । पछिल्लो समय बढ्दै गएको प्रेम विवाह र त्यसले समाजमा निम्त्याउने असर तथा सकारात्मक र नकारात्मक पक्षलाई गीतमा समेटिएको छ । पराजुलीको उक्त गीतमा प्रमोद अधिकारी, करिश्मा कुँवर र प्रविन देवकोटाको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन प्रविन देवकोटाले गरेका थिए । उक्त भिडियो छिट्टैनै बजारमा ल्याउने तयारी समेत भैरहेको गायक पराजुलीले जानकारी दिनुभयो । उक्त गितले छोटो समयमै दर्शक स्रोताहरुको मन जित्ने आशा व्यक्त गर्नभयो । उहाँले यस अघि झण्डै  दर्जन भन्दा बढि लोक गीतहरु बजारमा ल्याईसक्नुभएको छ ।लोक संगितमा मौलकपन हुनुपर्छ भन्दै आवाज उठाउदै आएका पत्रकार समेत रहेका पराजुलीले टिफिकल मालोलिक गित लाई स्थान दिएको बताउनुभयो । उसोत पछील्लो समय तिज गितमा बिकृति बिसंगति बढी भित्रिएको चौतर्फी आलोचना हुने गरेको छ । यस्तो अवस्थामा उक्त गितले  अन्य कलाकार लाई मौलिक मार्गमा हिडाउने छ । गीतको भिडियो छायांकनमा कुश्माबजारका महिला समुह तथा युवा युवतीको बाक्लो सहभागिता रहेको थियो ।

Leave a Comment