you-price-design.jpg

यी सात बानी छोड्नुहोस् जस्ले तपाईलाई लाग्न सक्छ मधुमेह

  • २०७४ असार २१ गते , बुधवार प्रकाशित




मधुमेहको समस्या जीवनशैलीसँग जोडिएको हुन्छ । हाम्रो खानपिनसँग सम्बन्धित थुप्रै बानीले हामीलाई मधुमेहको रोगी बनाउन सक्छ । फूड एण्ड न्यूट्रिशन एक्सपर्ट डा. अमित सिंहले तीन सात बानी छोड्न आग्रह गरेका छन् । १. ब्रेकफास्ट नगर्नुः बिहानको ब्रेकफास्ट नगर्दा शरिरको इन्सुलिन स्तर बिग्रन्छ । यसले शरिरको सुगर लेभललाई नियन्त्रण गर्न मुश्किल हुन्छ । २. ढिला खानुः राती ढिला खाना खाँदा र तुरुन्त सुत्दा ब्लड सुगरको ब्यालेन्स बिग्रन्छ । यसले मधुमेहको समस्या बढ्ने गर्दछ । ३. खाना खाएपछि बसिरहनुः खाना खाएपछि बसिरहँदा शरिरमा बोसो जम्न थाल्छ । यसले ब्लड सुगर बढाउँछ । यस्तोमा मधुमेहको आशंका बढ्ने गर्दछ । ४. अनियमित खानाः ठिक समयमा खाना नखाँदा मेटाबोलिजम स्लो हुन्छ । यस्तोमा तौल बढ्न थाल्छ जसले मधुमेहको खतरा बढ्ने गर्दछ । ५. कम पानी पिउनुः दिनभरी ८ देखि १० ग्लास पानी न पिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यसले ब्लड सुगर लेभल बिग्रन्छ जसले मधुमेहको आशंका बढ्ने गर्दछ । चीनी भएका पेय पदार्थः गुलियो पेय पदार्थमा चीनिको मात्रा अत्यधिक हुन्छ जसले शरिरमा क्यालोरी बढाउने गर्दछ । यसलाई दैनिक पिउँदा मधुमेहको आशंका बढ्ने गर्दछ । खाना खाएपछि मिठाईः खाना खाएलगत्तै गुलियो खानेकुरा वा मिठाई खाँदा शरिरमा चीनिको मात्रा तीब्र रुपमा बढ्ने गर्दछ । यसले मधुमेहको आशंका बढ्ने गर्दछ

Leave a Comment