you-price-design.jpg

कन्फेडेरेसन कप फुटबलको उपाधि जर्मनीलाई सोमबार,

रुस, असार १९ । चिलीलाई पराजित गर्दै जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ ।

  • २०७४ असार १९ गते , सोमवार प्रकाशित

गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो । २० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । चिलीका मार्सेलोलो दिएजको गल्तीको फाइदा उठाउँदै स्टिन्डलले गोल गरेका हुन् । फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगल तेस्रो भयो । पोर्चुगलका लागि पेपे र एड्रियन सिल्भाले गोल गरे । पोर्चुगलका नेटोले आत्मघाती गोल गरेर मेक्सिकोका लागि एक गोल उपहार दिए ।

Leave a Comment