you-price-design.jpg

जिम्मेवारी सम्हालेको पाँच महिनामै ट्रम्पले थाले चुनाव तयारी

  • २०७४ असार १६ गते , शुक्रवार प्रकाशित

 

वासिंटन, असार १६ । अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले जिम्मेवारी सम्हालेको पाँच महिनामै आगामी निर्वाचनको तयारी शुरु गरेका छन् ।

उनले यति चाँडै आगामी चुनावको तयारी गर्नुलाई असामान्य मानिएको छ । उनको चुनावी तयारीप्रति तिव्र विरोधसमेत शुरु भएको छ । राष्ट्रपति ट्रम्पले वासिंटनस्थित आफ्नो एक होटलमा सन् २०२० मा हुने चुनावका लागि सहयोग संकलन कार्यक्रम आयोजना गरे । यो कार्यक्रममा सहभागी हुने हरेक व्यक्तिले ३५ हजार डलर सहयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो, जहाँ तीन सयवटा कुर्सीको व्यवस्था गरिएको थियो । रिपब्लिकन अधिकारीले यो कार्यक्रमबाट एक करोड डलर सहयोग संकलन गर्ने लक्ष्य राखेका थिए । राष्ट्रपति ट्रम्पले आयोजना गरेको यो कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन । तर ट्रम्पले कार्यक्रम गरेको होटल बाहिर पुगेर सर्वसाधारणले भने विरोध गरेका छन् । (एजेन्सी)

Leave a Comment