you-price-design.jpg

फलेवास नगरपालिकामा पाँच सयको नक्कली नोट भेटियो ।

  • २०७४ असार १५ गते , विहीवार प्रकाशित

 पर्वत– पर्वतको फलेवास नगरपालिकामा नक्कली नोट भेट्टिएको छ । फलेवास नगरपालिका–६ देविस्थान राहालेमा सञ्चालित अकृषा एटु जेष्ट सपीङ सेन्टरमा नेपाली पाँच सय रुपैयाँको नक्कली नोट भेटिएको हो ।                 सञ्चालक सरु श्रेष्ठलाई आज दिउँसो एक जना ग्राहकले खरिद गरि दिएको पाँच सय रुपैयाको नेपाली नोट नक्कली भटिएको बताईएको छ । श्रेष्ठले झट्ट हेर्दा सक्कली झै देखेपनि उनका श्रीमान अच्तुत कृष्णा श्रेष्ठले पैसा गन्र्ने क्रममा नोट नक्कली प्रमाणित भएको बताउनु भयो ।  आफुलाई शंका लागेर  नोटवारे विभिन्न व्यक्तिलाई देखाएपछि नोट नक्कली भएको थाहा पाएको उहाँको भनाई छ । त्यस नोटलाई उहाँले सुरक्षित राख्नुभएको छ ।             उक्त नोट पश्चात फलेवासमा पाँच सय दरका नेपाली नक्कली नोट भित्रिएको हुन सक्ने आशङका गरिएको छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ ६ –१४६३३४ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाईएको छ ।               केही महिना अघि फलेवास नगरपालिका–५ खानीगाउँमा नक्कली नेपाली नोटवारे व्यापक हल्ला थियो । स्थानियवासीले फलेवास नगरपालिका लगायत कुश्मा बजारसम्म त्यस्ता नोट भित्र्याएको हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Comment