you-price-design.jpg

कालीगण्डकी लोकमार्गःपर्वतको फलेवास—अर्मादी खण्डको काम निकै सुस्त

ठेकेदारले सडक निर्माणको लागी आवश्यक स्रोत र साधनहरु परिचालन गर्न नसक्दा सडकको काम ढिलाई

  • २०७४ असार १२ गते , सोमवार प्रकाशित

  माधब पराजुली, पर्वत, बहुर्चचीत उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोकमार्गकोे काम निकै सुस्त भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चीन–भारत जोड्ने कालीगण्डकी लोकमार्र्ग अन्र्तगत पर्वतको फलेवास ढिक देखि कुश्मा सडक खण्डको काम कछुवा गतिमा भएको हो ।  अहिँले सम्म उक्त सडक खण्डको ट्राक वपन गरि तारजाली हाल्ने, कल्र्भट बनाउने,नाली काट्ने लगाएतको काम  सकिसक्ने लक्ष्य थियो । तर यस खण्डको ट्राक समेत वपन भएको छैन् । उक्त सडक खण्डको काम २५ प्रतिशत मात्र सम्पन्न भएको छ भने अहिँले फलेवासको कालिगण्डकी माथीको मुडिकुवाको भिरमा पुगेर काम अगाडी बढ्न सकेको छैन् । ठेकेदारले सडक निर्माणको लागी आवश्यक मात्रामा स्रोत र साधनहरु परिचालन गर्न नसक्दा सडकको काम ढिलाई हुन पुगेको छ ।      लोकमार्ग अन्तर्गत पर्वतको सदरमुकाम कुश्मा देखि स्याङजाको मिर्मी  सम्मकोे करिब ६८ कि.मि.सडक खण्ड अन्तर्गत फलेवास देखि कुश्मा सम्मको २५ किलोमिटर लामो सडक क्षेत्रमा विस्तारको काम भइरहेको हो । उक्त सडक खण्डको काम २०७४ असार भित्र सम्पन्न गर्ने गरी सुर्य कन्ड्रक्सन प्रा.लि. ले काम थालेको थीयो ।  सडकको स्तर १० मिटर फराकिलो बनाईनुका साथै मोड तथा ग्रेड सुधार र ह्यूम पाईप, कल्भर्ट निर्माण सडकको मुख्य कार्यहरु रहने गरि उक्त कम्पनिले कामशुरुवात गरेको थीयो । उक्त खण्डको स्तरबृद्धि गर्न ३९ करोड बजेट बिनियोजन भएको थीयो ।   कालीगण्डकी लोक मार्ग दक्षिणमा रहेको पूर्व–पश्चिम लोकमार्गबाट प्रारम्भ भई ३ वटा अंचल ९ वटा जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चिनको कोरला नाका जोडिएकाले यस सडक यस क्षेत्रको विकासका लागि मेरुदण्डको रुपमा लिईएको छ । तर लक्ष्य अनुसार कम हुन नसक्दा स्थानिए निरास छन् ।  पर्वत लाई चिनसँग जोडन कालीगण्डकी लोकमार्गको निर्माण कार्य पुरा गरी सरकारले नाका खोल्न सके लामो दुरी भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चिनबाट आयात गर्न सकिने पर्वतबासीहरु बताउछन् ।  

Leave a Comment