you-price-design.jpg

पर्वतको पङग्राङमा जेष्ठ नागरिक सम्मान तथा भलिवल प्रतियोगिता सम्पन्न

  • २०७४ असार ११ गते , आईतवार प्रकाशित

पर्वत,असार,११ पर्वतको फलेवास नगरपालिका–११ पाङराङमा जेष्ठ नागरिक सम्मान तथा साविक वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा पाङराङका १ सय ८५  जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको हो । साथै साविक वडा स्तरिय भलिवल प्रतियोगितामा साविक ७ नम्वर वडा पहिलो, ६ नम्वर वडा दोस्रो, २ नम्वर वडा तेस्रो र ७ नम्वर वडाको ‘बि’ समूह सान्त्वना भएका छन् । कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समुहलाई क्रमश १५ हजार, १० हजार ,५ हजार र ३ हजार प्रदान गरिएको थियो ।  साथै सोही कार्यक्रममा उत्कृष्ट खेलाडी अनुज कुवँर अनुशासान खेलाडी नरेश क्षेत्रीलाई सम्मान गरिएको थियो ।  समापन कार्यक्रममा बोल्दै फलेवास नगरपालिका–११ का वडा अध्यक्ष जितवहादुर सुनार‘शेरवहादुर’ ले वडामा रहेको जेष्ठ नागरिक तथा युवा लक्षित कार्यक्रम घोषण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडा नम्वर ११ लाई देशकै उत्कृष्ट वडाको रुपमा विकास गर्ने बताउँदै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।  कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य फलेवास नगरपालिका–११ का वडा सदस्य रुद्र पाठक स्वागत माया पाठक र कार्यक्रमको सञ्चालन वडा सचिव डिल्लीराम उपाध्यायले गर्नुभएको थियो ।   

Leave a Comment