you-price-design.jpg

नेपाली सेना र नेपाल प्रहरीको अस्पताल आमनागरिकका लागि खुला

  • २०७४ जेष्ठ ४ गते , विहीवार प्रकाशित

सरकारले नेपाली सेना र नेपाल प्रहरीको अस्पताल आमनागरिकका लागि खुला गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद वैठकले प्रहरी र सेनाको अस्पताल सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए।
स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन ती अस्पताल पनि सबैका लागि खुला गर्ने निर्णय गरेको मन्त्री थापाले बताए। स्वास्थ्य मन्त्रालयले नेपाली सेनासँगको सहकार्यमा एयर एम्बुलेन्स र बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पनि गरेको छ।

Leave a Comment