you-price-design.jpg

आत्महत्याबारे जानौ र रोक्ने प्रयास गरौ

  • २०७४ बैशाख २५ गते , सोमवार प्रकाशित

आत्महत्या अर्थात् आफैले जानी–जानी गरिने आफ्नै हत्या । छापाहरूमा झण्डै प्रत्येक दिन देखिने पढिने कुरा हो यो । आत्महत्या झ्वाट्ट हर्देा कुनै रोगसंग सम्बन्धित देखिंदैन र यो एक सामाजिक समस्याजस्तो मात्र देखिन्छ । अकालमा हुने मृत्युका कारणहरूमध्ये यो एक प्रमुख माध्यम भएता पनि नेपालमा आत्महत्याको बारेमा निकै कम अध्ययन गरिएको छ । विदेशमा गरिएका विभिन्न अध्ययनहरूले आत्महत्या शारीरिक तथा मानसिक रोगसग प्रत्यक्ष तथा परोक्ष किसिमले सम्बन्धित देखिएको छ । सम्पूर्ण जनसमुदायको झण्डै १ प्रतिशत व्यक्ति आत्महत्याद्वारा मर्दछन् । पश्चिमी मुलुकहरु मा आत्महत्या मृत्युक दश प्रमुख कारणमध्ये मा पदर्छ। भारत आत्महत्या सम्बन्धी अध्ययनमा नेपालभन्दा निकै अगाडि छ । भारतीय अध्ययन अनुसार युवाहरूमा त यो मृत्युका प्रमुख तीन कारणमध्येमा पर्दछ । किन महत्वपूर्ण छ आत्महत्याको अध्ययन ?
आत्महत्याका बारे नेपालमा निकै कम सामग्री भएपनि प्राप्त केहि तथ्यांकहरूबाट केही निष्कर्ष भने निकाल्न सकिन्छ । नेपालमा विगत वर्षहरूमा दर्ता भएका आत्महत्याका संख्यालाइ तुलानात्मक अध्ययन गर्ने हो भने बर्सेनि झण्डै १० प्रतिशतको हिसाबले आत्महत्या बढ्दै गएको पाइन्छ । यहाँ मनन गर्नुपर्ने तथ्य के पनि छ भने थुप्रै आत्महत्या का घटनाहरु आत्महत्याको रुप मा दर्ता नभई दुर्घटना या अन्य कुनै शारीरिक समस्या के मृत्यु भएको भनि दर्ता हुन्छन । निम्न अवस्थाका व्यक्तिहरूमा आत्महत्या बढी भएको भारतीय तथ्यांकबाट बुझिन आएको छ। पुरुष जाति ४५ वर्षभन्दा बढी उमेर अविवाहित, विधुर वा विधुवा सम्बन्ध विच्छेद भएको कसरी उल्लेख गरिएको छ आत्महत्यालाई ?
नेपालमा आत्महत्यालाई पुलिस हेडक्वार्टरद्वारा संकलित तथ्यांकमा अपराध अन्तर्गत उल्लेख गरिएको छ र आत्महत्यालाई हत्या र अन्य अपराधहरूकै श्रेणीमा राखिएको छ । पश्चिमी मुलुकहरूमा भने आत्महत्यालाई National Health Record अन्तर्गत उल्लेख गरिनुबाट हाम्रो पश्चिमी समुदायहरूको आत्महत्याप्रतिको दृष्टिकोण नै फरक रहेको कुरा स्पष्ट हुन्छ । नेपालमा अझै पनि नेपाल मा स्वास्थ मन्त्रालयले आत्महत्या को आंकडा नराख्नु ले नेपाल को स्वास्थ को नीति निर्माता हरुमा यस गम्भीर बिषय को अज्ञानता या उदासिनता रहेको बुझिन्छ । किशोरावस्था र आत्महत्या
आत्महत्या किशोरावस्थामा हुने मृत्युका कारणमध्ये तेस्रोमा पर्दछ । प्रायजसो घटनाहरूमा केटाहरू नै आत्महत्याका शिकार भएको पाइएको छ । आत्महत्याको प्रयासमा अस्पतालमा भर्ना हुन पुगेका युवाहरूमध्ये प्रत्येक १२ पुरुषमा १ पुरुष मर्दछन भने आत्महत्या को प्रयास गर्ने ३०० महिला मा १ मर्दछन। यसबाट पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर साधनको प्रयोग गर्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । कसरी गरिन्छ धेरैजसो आत्महत्या ?
नेपाल मा आत्महत्या गर्नेहरु प्राय झुण्डिएर मर्ने गरेको देखिएको छ । पश्चिमी मुलुकहरूमा भने विष्फोटक हतियारको प्रयोगद्वारा ७० प्रतिशतभन्दा बढी आत्महत्या हुने गर्दछन् । पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर तरिकाको प्रयोग गर्दछन – जस्तै झुण्डिने, हतियार को प्रयोग गर्ने । महिलाहरू भने प्राय विष सेवन गर्ने, पानीमा डुब्ने जस्ता तरिकाको प्रयोग गर्छन । समाजशास्त्र र आत्महत्या
आत्महत्यालाई विभिन्न विधाबाट विभिन्न दृष्टिकोणले हेरिन्छ । सामाजिक, धार्मिक, कानुनी र स्वास्थ्यसम्बन्धी दृष्टिकोणहरू आत्महत्यालाई अलगअलग ढङ्गले व्याख्या गर्दछन् । आत्महत्याप्रतिको कानुनी दृष्टिकोण माथि नै वर्णन गरिसकिएको छ । विभिन्न धर्महरू आत्महत्यालाई पापको पनि संज्ञा दिन्छन् । समाजशास्त्रीहरूले पनि आत्महत्याको बारेमा अध्ययन गरेका छन् । विगत शताब्दीमा समाजशास्त्री दुर्खाइमले आत्महत्याको सामाजिक सिद्धान्तको प्रतिपादन गरे। उनका अनुसार मानिसहरू विभिन्न कारणले आत्महत्या गर्दछन् । उनले आफु आफ्नो सामाजिक समूहसंग संलग्नता नभएको अनुभव गर्ने मानिसहरूमा आत्महत्या सम्भावना बढी हुने देखे । समाजमा एउटा निश्चित सामूहिक नियम नभएको अवस्थामा (संक्रमणकालमा गुज्रिरहेको समाजमा) पनि आत्महत्या बढी हुने भेटियो । मानसिक रोग र आत्महत्या
आत्महत्यालाई मूलतः एक सामाजिक समस्याको रूपमा पहिले धेरैले हेरे पनि हाल आएर यो समस्याका अन्य पक्षहरू पनि देखिंदै आएका छन् । कडा मानसिक रोगबाट पीडित व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्ने विभिन्न तथ्यांकबाट स्पष्ट भइसकेको छ । डिप्रेसन
डिप्रेसनद्वारा ग्रस्त १५ देखि २० प्रतिशत व्यक्तिहरू आत्महत्याद्वारा मर्दछन् । यो सामान्य जनसमुदायको भन्दा १० देखि १५ गुणा बढी दर हो । डिप्रेसन द्वारा पीडित व्यक्तिहरूमा सुरुमा मन दिक्क हुने, काम गर्न जागर नलाग्ने, बढी थकावट महसुस हुने, मनमा नकारात्मक विचारहरू आइरहने र यस्तो अवस्था सुरुमै नियन्त्रण नभएमा समस्या बढ्दै गएर जीवनको अर्थ नै नरहेको जस्तो लाग्ने, आफु मरेपनि हुन्थ्यो जस्तो लाग्ने, र अझै रोग छिपिदै गएमा अन्त्यमा आत्महत्यासम्म पुग्न सक्ने हुन्छ। स्क्रिजोफ्रेनिया
त्यस्तै स्क्रिजोफ्रेनिया तथा अन्य पागलपनद्वारा ग्रसित व्यक्तिहरू पागलपनको असरले आफूले थाहा नै नपार्इ आफ्नो ज्यान जोखिम मा पार्न सक्दछ । केहि पागलनपका बिरामीहरू मृत्यु वरण गर्न प्रेरित गर्ने आवाजहरू आएर पनि आत्महत्या गर्ने हुन्छन । यस्ता बिरामीहरू पागलपनको उपचारपश्चात् आफुमा पागलपनजस्तो रोग लागेको जानकारी भएपछि हीनताबोधको कारणले आत्महत्या गर्ने पनि हनु सक्दछन। आत्तिने रोग
आत्तिने रोगहरूबाट ग्रसित व्यक्तिहरू पनि रोगको कारणले दिक्क भएर आत्महत्या गर्ने हनु सक्दछ । तर यस रागे को कारणले आत्महत्या गर्नेहरु को प्रतिशत भने निकै कम देखिएको छ। व्यक्तित्व सम्बन्धी समस्याहरू
दैनिक जीवनका विभिन्न गतिविधिलाई नकारात्मक किसिमले असर गर्ने बानी तथा व्यवहारहरू भएकाहरु व्यक्तित्वसम्बन्धी समस्याहरूले ग्रसित हुन सक्दछन । असामाजिक व्यक्तित्व तथा आवेशमा आउने व्यक्तित्व भएका मानिसहरूमा आत्महत्या गर्ने सम्भावना बढी पाइएको छ। जब पीडा व्यक्तिको बहन गर्ने क्षमता भन्दा बढी हुन्छ, आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ। लागू पदार्थ र आत्महत्या
हाम्रो समाजमा सबैभन्दा प्रचुर मात्रामा सेवन गरिने मादक पदार्थ रक्सी हो । रक्सी सेवन गर्ने बानि परेका व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्छ । तर यस समस्याको व्यापकताको कारणले कूल आत्महत्याको ३३ प्रतिशत घटना रक्सी सेवनसग सम्बन्धित पाइएको छ । त्यस्तै हेरोइन नामक लागू पदार्थ सेवन गर्नेहरुमा आत्महत्याको दर जनसमुदायको भन्दा २० गुणा बढी पाइएको छ। लागू पदार्थको सुलभता, सुईद्वारा नशामा लिइने प्रचलन, असामाजिक व्यक्तित्व, अव्यवस्थित दिनचर्या र आवेशमा आइहाल्ने बानी भएकाहरूमा आत्महत्याको सम्भावना बढी हुन्छ । हामी आत्महत्याको रोकथाम गर्ने प्रयास गर्न सक्छौं । सबैभन्दा पहिले प्रष्ट हुन जरुरी छ कि अन्य मृत्युका कारणहरूझैं हामी आत्महत्यालाई निर्मूल पार्न सक्दैनौं । जब मानिसले मर्ने निर्णय गरिसकेको हुन्छ, त्यसबेला उसलाई बचाउन ढिलो भइसकेको पनि हुनसक्छ । कहिलेकाही त मर्ने मानिस ‘मैले मेरो जवाफ पाइसकें’ भनेर अरूका अगाडि खुशी पनि देखिन्छ । तर आत्महत्या गर्ने निर्णय गरेका मानिसहरू प्रायजसो अन्तिम समयसम्म पनि दोधारमै हुन्छन् । मर्ने या नमर्ने दुवै खालका विचार उनीहरूको दिमागमा एकपछि अर्को गर्दै आइरहेको हुन्छ । तसर्थ आत्महत्या रोकथामका लागि दुई वटा कुरामा ध्यान दिनुपर्छ ।
(१) आत्महत्यासम्म पु¥याउन सक्ने रोग लागेको छ भने सो रोगको निदान गर्ने प्रयास गर्नुपर्छ ।
(२) आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्या वाहेक अरूपनि समस्याका निदान छन् भनेर उक्त व्यक्तिलाई मायालु वातावरणमा सम्झाउनु पर्दछ । (१) रोगको उपचार
(क) विभिन्न मानसिक रोगहरूले आत्महत्याको सम्भावना बढाइदिन्छ । डिप्रेसन भएको छ भने डिप्रेसनको औषधी गर्नुपर्छ । यदि आत्महत्याको विचार कडा छ भने उक्त व्यक्तिको सुरक्षाको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । उपचारले असर तुरुन्त गर्दैन, केही हप्ता लाग्छ । सुरूमा डिप्रेसनको उपचारले भोक तथा निद्रामा सुधार हुनसक्छ, बिस्तारै उदासीपनामा सुधार पनि आउला, तर आत्महत्या गर्ने विचारमा परिवर्तन आइसकेको नहुन सक्छ । त्यसैले उपचार सुरू गरेको केही दिनदेखि दुई हप्तासम्म उक्त व्यक्तिलाई निगरानीमा राख्नुपर्छ । कहिलेकाही रोग यति कडा हुन्छ कि विजुलीको उपचार गर्नुपर्ने पनि हुन्छ । केही अवस्थामा उक्त व्यक्तिले मर्ने निर्णय गरिसकेको हु“दा उसले अस्पतालमा भर्ना हुन वा निगरानीमा रहन अस्वीकार गर्दछ । अष्ट्रेलिया लगायत थुप्रै देशहरुमा यस्ता व्यक्तिलाई इच्छा विपरित उपचार गरिने कानुन निर्माण गरिएका छन् । यस्तो अवस्थामा साथीभाई तथा घर परिवारका सदस्यले पुलिस या मानसिक स्वास्थ्यको आकस्मिक सेवामा सम्पर्क गरी तत्काल उक्त व्यक्तिको सुरक्षा तथा उपचारको प्रक्रिया सुरू गराउन सक्दछन् । त्यस्तै कतिपय व्यक्तिहरू आफैं मानसिक आकस्मिक सेवामा सम्पर्क गरी सुरक्षित वातावरणमा बस्न र उपचार सुरू गराउन अस्पातालमा भनार्् हुन जान्छन् । अष्ट्रेलियामा डिप्रेसनले गर्दा हुने आत्महत्यामा निकै कमी आएको छ ।
(ख) अन्य मानिसक रोगले पनि आत्महत्यातर्फ धकेल्न सक्ने हुनाले ती रोगका उपचारद्वारा पनि यस्तो सम्भावनालाई कम गर्न सकिन्छ । साइकोसिन (पागलपन) रोगको हकमा भने जब पागलपन ठिक हु“दै जान्छ र उक्त व्यक्तिलाई आफूलाई कस्तो रोग लागेको थियो भन्ने ज्ञान हु“दै जान्छ, उक्त व्यक्तिलाई यस जानकारीले कहिलेकाही यति दुखी बनाउ“छ कि उसले आत्महत्याबारे सोच्न थाल्छ । यस अवस्थामा पागलपनको उपचारस“गै डिप्रेसन सुरू भएको छ कि छैन भनेर जा“च गरी आवश्यक परे डिप्रेसनको माथि भनिएअनुरूप उपचार गर्नुपर्छ ।
(ग) आत्तिने रोग (Anxiety) आत्महत्यासग खासै सम्बन्धीत छैन । तर यातना पछिको मनोवैज्ञानिक अवस्थामा आत्तिने समस्या यति कडा हुन सक्छ कि उक्त व्यक्तिले आफूले पाएको मनोवैज्ञानिक पीडाको समाधान आत्महत्या मात्र देख्न पुग्छ । त्यस्तै कति आत्तिने समस्याको उपचार नगर्दा डिप्रेसन पैदा हुन्छ । यसर्थ आत्तिने समस्याको समयोचित उपचारले पनि आत्महत्याको दर कम गर्न मद्दत पुग्छ ।
(घ) लागूपदार्थ दुव्र्यसनको उपचार: दुव्र्यसनीहरूमा आत्महत्याको दर बढी छ । डिप्रेसन भएको मानिसले लागूपदार्थ या रक्सीको सेवन गर्छ भने आत्महत्याको सम्भावना धेरै बढ्छ । यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरिक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ ।
(ङ) कतिपय व्यक्तित्व सम्बन्धी समस्याहरू, जुन बाल्यकालमा भएको हेला र दुव्र्यवहारको कारणले वयस्क भएपछि पनि गाह्रो प¥यो कि आत्महत्याको विचार आइहाल्ने हुन्छ, त्यस्तोमा व्यक्ति अनुसारको आत्महत्या रोक्ने योजना (Individual Suicide Prevention Plan) बनाउनु पर्छ । यस्ता व्यक्तिलाई आत्महत्याको विचार आउ“दा के गर्ने भनेर पहिले नै भनिन्छ । (२) सहयोगीको भूमिका
माथि नै भनियो, आत्महत्याको बारेमा विचार गरिरहेको व्यक्ति कहिले जिउने र कहिले मर्ने कारण अन्त्यसम्म पनि खोजिरहेको हुन्छ । कतिपय अवस्थामा त उसले परालको त्यान्द्रो बराबर पनि बा“च्ने कारण भेटिरहेको हु“दैन । बा“च्ने कारण खोज्दा उसले बाबुआमा तथा श्रीमान÷श्रीमती, छोराछोरी सम्झिन्छ, तर उसले क्रमकि रुपले यो पनि सोच्न सक्छ कि ऊ सबैको लागि बोझ हो र उसको मृत्यु पश्चात सबैलाई त्यस्तो बोझबाट छुटकारा मिल्नेछ । यदि तपाईंले आफ्नो साथीभाइको व्यक्तित्वमा परिवर्तन देख्नुभयो, ऊ आजभोली कतै हराएको जस्तो, बढी नै टोलाएको जस्तो पाउनुभयो भने, उसले केही भन्न खोजको जस्तो गरेको छ भने, तपाईं पनि आफूलाई एक कदम अगाडि बढाउनुहोस । ‘सन्चै छ ?’ को औपचारिकताबाट अघि बढ्नुहोस र सोध्नुहोस– के तिमी साच्चै नै सन्चै छौ त ? उसलाई केही भएको रहेनछ, या क्षणिक चिन्ता रहेछ– भने त ठिकै छ– तर होइन, निराशावादी सोचमा चुर्लुम्म डुबेर जीवनको कुनै अर्थ देख्न छाडेको रहेछ भने तपाईंको मायालु प्रश्नले उसलाई आफ्नो मनको वह पोख्न सहायत गर्छ । सम्झनुहोस– आत्महत्याबारे सोध्दैमा आत्महत्याको सम्भावना बढ्दैन– बरू यस प्रश्नले उक्त व्यक्तिलाई गुम्सिरहेको भावना बाहिर ल्याउन पाएर हलुका नै हुन्छ । यदि आत्महत्याको सम्भावना तत्काल छ भने तुरुन्त आकस्मिक सेवातर्फ उसलाई लग्नुपर्छ । यदि विचार मात्रै छ, तर योजना छैन भने चाहि“ उसलाई उसको समस्या समाधानका बारेमा छलफल गर्न प्रेरित गर्नुपर्छ । उसको मनमा भएको आत्महत्या विरोधी सोचलाई बढाउनलाई सहायता गर्नुपर्दछ । यस लेखको सन्देश तपाईंलाई तपाईंको साथीको काउन्सिर बन्न प्रेरित गर्नु होइन, मात्र उसको भा“चिएको मन बुझ्न खोज्नुस र उपयुक्त सहायता सुरू नहुन्जेल टेको भैइदिनुस मात्र भनेको हो । विकसित मुलुकहरूमा आत्महत्याको रोकथामका संगठनहरू खोलिएका छन् । यी संगठनहरू आत्महत्यागर्न खोज्ने व्यक्तिलाई भावनात्मक सहायता दिनुका साथै सो व्यक्तिको समस्याको पहिचान गरेर उपयुक्त तरिकाले समस्या समाधानको लागि पहल गर्दछन् । त्यस्तै यदि आत्महत्यातर्फ उन्मुख भएको व्यक्ति कुनै मानसिक रोगले ग्रसित छ भने उसको रोगको उपचारको लागि बाटो देखाइदिने या पहल कदमी गरिदिने पनि गर्दछन् । यसमा सामाजिक कार्यकर्ताको निकै ठूलो भूमिका हुन्छ । त्यस्तै Hot Line तथा Crisis Centre को सुविधा पनि आत्महत्याको रोकथामका लागि सहायक हुन सक्छन्।

Leave a Comment