you-price-design.jpg

धौलागिरी अञ्चल अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बनेपछि…

  • २०७४ बैशाख १७ गते , आईतवार प्रकाशित

धौलागिरी अञ्चल अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बनेपछि अञ्चल बाहिर उपचार गराउन जानुपर्ने बाध्यता हटेको छ । अञ्चल अस्पताल हुँदा पनि जिल्ला अस्पतालले दिने जतिको सेवा सुविधा समेत नदिएको सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।

तर हालै धौलागिरी अञ्चल अस्पतालमा रिक्त रहेका केहि चिकित्सकहरुको पदिपूर्ति भएसंगै स्वास्थ्य सेवा गुणस्तरीय हुने अञ्चलवासीमा विश्वास जागेको छ । विगत केहि बर्षदेखि विशेषज्ञ डाक्टरहरुको अभाव रहेको अञ्चल अस्पतालमा अहिले केहि विशेषज्ञसंगै मेडिकल अधिकृतहरुको पदपूर्ति भएपछि अञ्चलवासीहरुमा स्वास्थ्य सेवा पाउनेमा आश पलाएको हो । हालै अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयको पहलमा चिकित्सकहरुको पदपूर्ति हुँदा धौलागिरिवासी जटिल भन्दा जटिल रोगको लागि मात्र अञ्चल बाहिर जानुपर्ने भएको छ । अञ्चल अस्पतालमा अत्याधुनिक खालको तीन तहको भवन निर्माण स्ुस्त गतिमा भईरहेको हुँदा सेवा प्रवाहमा अफ्ठ्यारो परेको बताईएको छ । अञ्चल अस्पतालले यही वैशाख १३ गते देखि ५ सय ६२ थरीका औषधि अस्पताल फर्मेसीवाटै विक्रि वितरण शुरु गरिएको छ भने अबको डेढ महिनामा ट्रमा सेन्टर र डायालाइसिस सेवा पनि सुरु गर्ने अस्पतालले जनाएको छ । अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न ५० लाख रकम निकासा गरी टेन्डर आह्वान भैसकेको र स्व. हरि खड्का ट्रमा सेन्टर अन्तरगतको सामग्रीहरु टेण्डर मार्फत आउने क्रम रहेको अस्पताल विकास समितिले जनाएको छ । अबको केहि समयमा नै अस्पतालको मुहार फेरिने अस्पताल प्रशासनको दावी छ । अस्पतालका अनुसार जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा वीमा गरेका सेवाग्राहीहरुको संख्या बढिरहेको र १ हजार ७ सय जनाले स्वास्थ्य वीमा गरिसकेका छन् ।

Leave a Comment